मिति: २६ अगष्ट २०२६ (१० भाद्र २०८३)
प्रेस विज्ञप्ती ।
उपरोक्त सम्बन्धमा आज बिहानै देखि तिब्बत बाट सुर भर्इ रसुवा जिल्लाको भोटेकोशी नदिमा अकस्मात् आएको भयावह बाढीले उक्त नदि आसपासका रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्ला भित्रका विभिन्न स्थानहरूमा ठुलो जनधनको क्षति पुग्न गएको तथा नदि तटिय क्षेत्रका जनताहरूको जनजिवन प्रभावित बन्न पुगेको र हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु भएको तथा वेपत्ता हुनुभएको समाचारले हामीलार्इ स्तब्ध तुल्याएको छ ।
यसै सन्दर्भमा सरकारले राष्ट्रिय संकटको अवस्था महसुस गरि प्रभावित क्षेत्रमा उद्दार तथा राहत टिम परिचालन गरिसकेको, केहि स्थानबाट प्रभावित नागरिकहरूको सकुशल उद्दार गरेको समाचार पनि आइरहेका छन् भने क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको छ। प्रकृति प्रकोपको कारणले मुलुकमा उत्पन्न यस गम्भिर राष्ट्रिय संकट को घडिमा देश विदेशमा रहेका हामी नेपालीहरू एकजुट हुनुको विकल्प छैन, तसर्थ यस सम्बन्धी सरकारी निकाय बाट जारी सुचना तथा समाचारहरू संयमित र सचेत रहँदै एक आपसमा आदानप्रदान गर्नका लागि हामी हार्दिक अपिल गर्दछौ । साथै बाढीबाट घाइते बनेका नागरिकहरूको शिघ्र स्वास्थ्य लाभको कामना सहित वेपत्ता भएका नागरिकहरूको खोज तलास र प्रभावितहरूको राहत, सहयोग र पूनर्स्थापनाका लागि सरकारी संयन्त्रलाइ सबैले सहयोग, सहकार्य र समन्वय गर्नुहुन विनम्र अनुरोध सहित यो प्रेस विज्ञप्ती जारी गर्दछौ ।
भवदिय,
केदार कुँवर शिव बहादुर वानिया महासचिव अध्यक्ष एवं कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् चौथो कार्यसमिती परिवार
