दुवई, युएई । गत ०६/०७, सेप्टेम्बर २०२५ का दिन दुवईको बर दुबई स्थित क्लब एभरेष्ट को कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् चौथो कार्यसमिति को आयोजनामा र कास्की आदर्श समाज यूएईको स्थानिय संयोजन तथा व्यावस्थापनमा "पहिलो अन्तराष्ट्रिय विश्व कास्की सम्मेलन २०२५ तथा साँस्कृतिक कार्यक्रम" भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री श्री सुरेन्द्रराज पाण्डे ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा पोखरा महानगरपालिकाका महानगर प्रमुख श्री धनराज आचार्य ज्यु, नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्यु, नेपाली महावाणिज्यदुतावास दुवइ का महामहिम महावाणिज्यदुत श्री हरि प्रसाद ओडारी ज्यु को विशिष्ट अतिथिका रूपमा आतिथ्यता रहेको थियो भने समाजका सँस्थापक अध्यक्ष श्री पूर्ण तिमिल्सिना ज्यु, नेपाली महावाणिज्यदुतावास दुवइ का उपमहावाणिज्यदुत श्री कृष्ण प्रसाद चापागाइ ज्यु, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार श्री बिमला भण्डारी ज्यु, गण्डकी प्रदेश निति तथा योजना आयोगका माननीय सदस्य श्री दुर्गा लामिछाने ज्यु, पोखरा महानगरपालिका वडाअध्यक्षहरू क्रमश वडा १३ का श्री किरणराज बराल ज्यु, वडा नं १८ का श्री शिव प्रसाद तिमिल्सिना ज्यु, वडा नं २६ श्री नरेन्द्र थापा (नरेन) ज्यु, प्रमुख संरक्षक श्रीमती सीता देवी वास्तोला बराल ज्यु, सँस्थापक श्री विश्वनाथ बराल ज्यु, सँस्थापक वरिष्ठ उपाध्यक्ष एवम् चौथो महाधिवेशन निर्वाचन संयोजक श्री चीत्र प्रसाद सुवेदी ज्यु, सँस्थापक उपाध्यक्ष एवम् संरक्षक डा. सुन्दर पौडेल ज्यु, संरक्षक सदस्यहरू श्री केदार ढुंगाना ज्यु, श्री बिमल सुवेदी ज्यु, डा. किस्मत भण्डारी ज्यु, चौथो निर्वाचन समिती सदस्य तथा निवर्तमान संरक्षक श्री कुल प्रसाद गुरूङ ज्यु, नेपाल एयरलाइन्स यूएइ प्रमुख श्री दिपेन्द्र सापकोटा ज्यु को विशेष अतिथिका रूपमा आतिथ्यता रहेको थियो ।
तेसै गरि अतिथीमा समाजका सल्लाहकार ज्युहरू श्री भूवानी प्रसाद तिमिल्सिना, श्री गणेशराज पहारी, श्री मनोज कुमार सैंजु, श्री गुप्तशेखर पौडेल, श्री देवेन्द्र कुँवर, श्री रन्जन बराल, श्री रिता गुरूङ ज्यु, कानुनी सल्लाहकार श्री कृष्ण प्रसाद तिमिल्सीना ज्यु, निवर्तमान सल्लाहकार श्री पुष्पराज अधिकारी ज्यु, गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री मनोज कुमार श्रेष्ठ ज्यु, गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष श्री ठाकुर प्रसाद ढुंगाना, गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक श्री रमेश श्रेष्ठ ज्यु, अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष श्री मणि भूर्तेल, अन्तराष्ट्रिय बाग्लुङ समाजका उपाध्यक्ष श्री रत्न ब. बि.क., मोना आइसिसिका बरिष्ठ उपाध्यक्ष इन्जिनयर नन्द गर्बुजा मगर ज्यु, अन्तराष्ट्रिय तनहुँ समाजका उपाध्यक्ष श्री दिपक खड्का ज्यु, विभिन्न राष्ट्रिय समितीका अध्यक्ष एवम् प्रतिनिधी ज्युहरू, नेपाली समाज यूएई, नेपाल एसोसिएसन एनआरएनए एनसिसी, नेपाल पत्रकार महासंघ, राजनैतिक दलका भातृ संगठनहरू, नेफिन यूएई, प्रायोजक ज्युहरू, यूएईमा सक्रिय अन्य संघ संस्था प्रमुख एवं प्रतिनिधि ज्युहरूको उपस्थिती रहेको थियो ।


