News

सादर निमन्त्रणा-नवौ साधारणसभा एवम् पाँचौ महाधिवेशन २०८३ (२०२६) कार्यक्रम सम्बन्धमा।

नवौ साधारणसभा एवम् पाँचौ महाधिवेशन २०८३ (२०२६) कार्यक्रम सम्बन्धमा

Share:
सादर निमन्त्रणा-नवौ साधारणसभा एवम् पाँचौ महाधिवेशन २०८३ (२०२६) कार्यक्रम सम्बन्धमा।

आदरणीय सँस्थापक अग्रज ज्युहरू, प्रमुख संरक्षक तथा संरक्षक ज्युहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकार ज्युहरू, वर्तमान, पूर्व कार्यसमिती पदाधिकारी तथा सदस्य ज्युहरू, विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा पदाधिकारी एवम् सदस्य ज्युहरू, विभिन्न उपसमिती संयोजक तथा सदस्य ज्युहरू, परिषद् तथा राष्ट्रिय समितिका आजिवन सदस्य ज्युहरू लगायत विश्वभर बसोबास गरिरहनु भएका समस्त कस्केली दाजुभाइ तथा दिदिबहिनीहरूमा सादर नमस्कार एवं कस्केली अभिवादन।

उपरोक्त सम्बन्धमा सन् २०१७ (वि.सं २०७४) मा "विश्वभरिका कस्केली खोजी अभियान, समृद्द जन्मथलो हाम्रो स्वाभिमान" भन्ने मुल नाराका साथ स्थापित यस कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् को "नवौ साधारणसभा एवम् पाँचौ महाधिवेशन २०८३ (२०२६)" कार्यक्रम एक विशेष समारोह बिच तपशिलको मिति, समय र स्थानमा आयोजना गरिएको यहाँहरू सम्पुर्णमा जानकारी गराउँदै यहाँहरूको गरिमामय उपस्थिती र सहभागिताका लागि “सादर निमन्त्रणा” गर्दछौ।

मिति: २०८३ कार्तिक १४ गते शनिबार (Saturday 31 October, 2026) समय: नेपाली समय बिहानको १०:३० बजे देखि अपरान्ह ४ बजे सम्म (10:30 AM Kathmandu) स्थानः ढिकीडाँडा रिसोर्ट (पोखरा १६, कास्की)

प्रवास बाट अनलाइन प्रणाली मार्फत् Link: https://us06web.zoom.us/j/4229802836?pwd=RHrk6xN6qGyUsysPPKKxis6tplYDKk.1&omn=86719294311

Meeting ID: 422 980 2836 Passcode: 24026

थप जानकारीका लागि सम्पर्क: सन्तोष तिमिल्सिना (9824832852), विकास अधिकारी (9846605770/9856000538) पुजा गिरी (9804145319/9743255716), विश्वबन्धु थापा (9856030405/9813875268)

जय कास्की ! जय कास्की आदर्श ।।

सधन्यवाद प्रार्थी, केदार कुँवर महासचिव कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद।

More news

View all

भोटेकोशी बाढिपिडित राहात संकलन अभियान मार्फत् संकलित रकम जम्मा गरिएको सम्बन्धमा ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् द्धारा भोटेकोशी बाढिपिडित राहात संकलन अभियान मार्फत् संकलित रकम जम्मा ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको हार्दिक अपिल

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको हार्दिक अपिल नेपालमा हाल उत्पन्न भएको दुःखद तथा चुनौतीपूर्ण परिस्थितिप्रति कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद गहिरो दुःख व्यक्त गर्दछ। यस कठिन...

दुवईमा पहिलो अन्तराष्ट्रिय कास्की विश्व सम्मेलन भव्यताका साथ सम्पन्न ।।

गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री श्री सुरेन्द्रराज पाण्डे ज्युको प्रमुख आतिथ्य, पोखरा महानगरपालिकाका महानगर प्रमुख श्री धनराज आचार्य ज्यु, नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्यु, नेपाली महावाणिज्यदुतावास दुवइ का महामहिम महावाणिज्यदुत श्री हरि प्रसाद ओडारी ज्यु को विशिष्ट अतिथिका रूपमा आतिथ्यता रहेको थियो ।