मिति: २४ अक्टोबर २०२६ । कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् पाँचौं महाधिवेशन निर्वाचन समिति २०२६ को सुचना । महोदय,
आदरणीय प्रतिनिधी ज्युहरू सम्पुर्णमा सादर नमस्कार,
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् को वर्तमान चौथो कार्यसमितीले विधानको दफा ७ बमोजिम गठित पाँचौं महाधिवेशन निर्वाचन समितिले निर्वाचन सम्बन्धी निम्न आचार संहिता र नियमावली सम्पुर्ण प्रतिनिधी ज्युहरूको जानकारीका लागि जारि गरिएको छ । यो आचार संहिता र नियमावली निर्वाचन समितिले कार्य प्रारम्भ गरे देखि नतिजा प्रकाशन अबधीसम्म लागु हुनेछ ।
आचार संहिताः
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् गैरराजनैतिक तथा गैरव्यावसायिक एक विशुद्ध सामाजिक संस्था हो । हामी संस्थाका सदस्यहरूको नैसर्गिक अधिकार हुन जान्छ की हामी जुन सुकै वैचारिक सिद्धान्तमा बाँधिएता पनि यस संस्था भित्र पस्दा र बस्दा ति आफ्ना ब्यक्तिगत सिद्धान्तहरू नितान्त आफ्नै ठांउमा राखी विशुद्ध सामाजिक भावनाले प्रेरित भएर काम गर्नु पर्ने हुन्छ ।
१) यस संस्थाको उद्देस्य, काम र कर्तब्य अनुसार चल्नु हामी सबै सदस्यको जिम्मेवारी हुनेछ ।
२) निर्वाचन समिती गठन भइ आफ्नो काम अगाडी बढाइरहेको छ र सबैलाइ मर्यादित जिम्मेवारी र अनुशासित बन्नु पर्नेछ ।
३) निर्वाचन दौरानमा कुनै पनि सदस्यले गैर जिम्मेवारी बनी जात, धर्म र बिचारका आधारमा गुट बनाइ सामाजिक सद्भाव खलबलाइ गुटका आधारमा पद हुत्याउने र निर्बाचन नियम बिपरित काम गर्ने जो कोही सदस्य या उमेदवारको उमेदवारी रद्ध गरिनेछ ।
४) निर्वाचनको दौरानमा कुनै पनि उमेदवारले गुट उपगुट बनाइ एक अर्काको पछाडी कुरा काटी र नराम्रो संवाद गरी एक अर्काको मान हानी काम गरेमा र कसुर ठहर भएमा निजको उमेदवारी रद्ध गरिनेछ ।
५) कुनै पनि उमेदवारी माथी फौजदारी मुद्दा कसुर लागेको, आर्थिक हिना बिना गरेको र नैतिक पतन हुने काम गरेको अभियोग लागेको थाहा हुन आएमा निजको उमेदवारी रद्ध हुनेछ ।
६) उमेद्ववारी दर्ता वा फिर्ता गराउँदा तोकिएको फाराम भरेर संस्थाको आधिकारीक इमेल kaskiinternational@gmail.com मा पेश गर्नुपर्नेछ भने समाजका ग्रुपहरूमा राखिएका फारामहरू स्वतः रद्ध हुनेछन् अर्थात् मान्य हुने छैनन् ।
नियमावलीः
निर्वाचन सम्बन्धी नियमावली दफा ७.२ अन्तरगत, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् लाइ चुस्त दुस्त र सभ्य समाजको र्निमाण गरी समस्त कस्केलीहरुको माझमा पुर्याउनु पर्ने भएकोले एक पद एक ब्यक्तीको निती लिइ समाजको हितमा लागिरहनको लागि पदाधिकारी पदमा उमेदवारी दिनेहरुले कही कतै समाजमा पदाधिकारी पदमा काम गरिरहेको भए राजिनामा दिएको र स्विकृती समेत भएको पत्र उमेदवारी फारम सगै बुझाउनु पर्ने हुन्छ ।
विधानको परिच्छेद ३ को दफा ८ मा व्यवस्था भए बमोजीम २०२६/०२८ कार्यकाल का लागि निम्नानुसारको कार्यसमिती चयन गरिने छ ।
पद संख्या प्रक्रिया अध्यक्ष १ सहमती तथा निर्वाचन
वरिष्ठ उपाध्यक्ष १ सहमती तथा निर्वाचन
महिला उपाध्यक्ष १ सहमती तथा निर्वाचन अन्य उपाध्यक्ष २ सहमती तथा निर्वाचन महासचिव १ सहमती तथा निर्वाचन उपमहासचिव १ सहमती तथा निर्वाचन प्रवक्ता १ अध्यक्ष द्धारा मनोनित सचिव ३ (१ महिला) सहमती तथा निर्वाचन कोषाध्यक्ष १ सहमती तथा निर्वाचन सह-कोषाध्यक्ष १ सहमती तथा निर्वाचन महिला संयोजक १ सहमती तथा निर्वाचन युवा संयोजक १ सहमती तथा निर्वाचन महिला उपसंयोजक १ सहमती तथा निर्वाचन युवा उपसंयोजक १ सहमती तथा निर्वाचन क्षेत्रिय संयोजकहरू ६ सहमती तथा निर्वाचन क्षेत्रिय उपसंयोजकहरू ६ सहमती तथा निर्वाचन विधानको धारा १४.१ मा तोकिएका सबै क्षेत्रमा एक संयोजक र एक उपसंयोजक मध्येमा कुनै एक पदमा महिला अनिवार्य रहेको छ।
कार्यसमिती सदस्यका लागी राष्ट्रिय समितीले ५० पंजिकृत सदस्य बराबर १ जना केन्द्रिय सदस्य रहने गरि बढिमा ५ जना सदस्य सिफारिस गर्ने व्यवस्था रहेको छ भने राष्ट्रिय समितीका अध्यक्षहरू कार्यकारी अधिकारप्रदत्त पदेन केन्द्रिय सदस्य रहनेछन् ।
उमेदवारहरूको योग्यता र अयोग्यताः
१. उम्मेदवारको योग्यता
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यसमितिका पदाधिकारी तथा सदस्य पदका उम्मेदवार हुन देहायबमोजिमको योग्यता पूरा गरेको हुनुपर्नेछ। क) संस्थाको सदस्यता लिई पञ्जीकृत सदस्यता नम्बर प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ। ख) अध्यक्ष पदको उम्मेदवार हुन नेपालबाहेक अन्य देशमा वैधानिक रूपमा बसोबास गरिरहेको र केन्द्रीय कार्यसमितिमा कम्तीमा एक कार्यकाल पदाधिकारी रहेको हुनुपर्नेछ। ग) पदाधिकारी पदको उम्मेदवार हुन राष्ट्रिय समन्वय परिषद्मा कम्तीमा एक कार्यकाल पदाधिकारी रहेको हुनुपर्नेछ। घ) केन्द्रीय सदस्य पदको उम्मेदवार हुन राष्ट्रिय समन्वय परिषद्मा कम्तीमा एक कार्यकाल सदस्य रहेको हुनुपर्नेछ। ङ) एक व्यक्ति, एक पदको नियम लागू हुनेछ। राष्ट्रिय वा अन्तर्राष्ट्रिय परिषद्को कार्यकारी पदमा बहाल रहेको व्यक्ति अर्को राष्ट्रिय वा अन्तर्राष्ट्रिय परिषद्को उम्मेदवार बनेमा निजले धारण गरेको अघिल्लो कार्यकारी पद स्वतः रिक्त हुनेछ। तर यो व्यवस्था अन्य सङ्घसंस्थामा आबद्ध व्यक्ति तथा वर्तमान सल्लाहकार र संरक्षकका हकमा लागू हुने छैन।
२. उम्मेदवारको अयोग्यता
देहायका व्यक्तिहरू संस्थाको पदाधिकारी तथा सदस्य पदको उम्मेदवार हुन अयोग्य हुनेछन्। क) संस्थाको सदस्यता नलिएको वा सदस्यता नवीकरण नगरेको व्यक्ति। ख) संस्थाको विरुद्धमा काम गरेको प्रमाणित भएको व्यक्ति। ग) निर्वाचन प्रयोजनका लागि गठित निर्वाचन समितिमा रहेको व्यक्ति। घ) अध्यक्ष पदका हकमा लगातार दुई कार्यकाल अध्यक्ष भइसकेको व्यक्ति। ङ) विविध शिर्षकमा बोलकबोल रकम बुझाउन बाँकी रहेको व्यक्ति । च) मानार्थ सदस्य ।
३. योग्यता तथा अयोग्यता सम्बन्धी छानबिनः
उम्मेदवारले विधानमा उल्लेखित योग्यता पूरा गरेको वा अयोग्यता सम्बन्धी प्रावधान उल्लङ्घन गरेको विषयमा निर्वाचन समितिले दाबी–विरोध आह्वान गरी छानबिन गर्न सक्नेछ। विधान विपरीत उम्मेदवारी दिएको ठहर भएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्न वा विधान बमोजिम आवश्यक कारबाही गर्न सकिनेछ।
निर्वाचन कार्यतालिका:
१) प्रतिनिधीहरूको नामावली प्रकाशन अक्टोबर २७, २०२६ दिउँसो १२:०० बजे
२) उमेदवारी दर्ता खुला अक्टोबर २७, २०२६ साँझ ५:०० बजे देखी
३) उमेदवारी दर्ता बन्द अक्टोबर २८, २०२६ दिउँसो १२:३० बजे सम्म ४) उमेदवारहरूको प्रारम्भिक सुचि प्रकाशन अक्टोबर २८, २०२६ दिउँसो ३:०० बजे
५) उमेदवार माथी दाबी-बिरोध अक्टोबर २८, २०२६ दिउँसो ३:०० बजे देखि रातको ८:०० बजे सम्म
६) उमेदवारी फिर्ता लिने समय अक्टोबर २८, २०२६ रातको ९:०० बजे देखि १०:०० बजे सम्म
७) उमेदवारहरूको अन्तिम नामावली प्रकाशन अक्टोबर २८, २०२६ रातको १०:३० बजे
८) मतदान प्रक्रिया अक्टोबर ३०, २०२६ दिउँसो १२:०० बजे देखि अक्टोबर ३१, २०२६ दिउँसो १२:०० बजे सम्म
९) मतगणना मतदान समाप्त भए लगत्तै
१०) निर्वाचन परिणाम प्रकाशन मतगणना समाप्त भए लगत्तै
महत्त्वपूर्ण सूचना तथा नियमहरूः
१) निर्वाचन समितिले सामान्य परिस्थितिमा निर्धारित निर्वाचन कार्यतालिका परिवर्तन गर्ने छैन। असामान्य परिस्थिति उत्पन्न भएमा आवश्यकताअनुसार कार्यतालिका परिमार्जन गर्न सकिनेछ।
२) कार्यसमितिले प्रतिनिधिहरूको नामावली निर्वाचन समितिलाई बुझाएपछि संस्थागत गतिविधिका सम्बन्धमा निर्वाचन समितिलाई आवश्यक सहयोग गर्नेबाहेक अन्य गतिविधि सञ्चालन नगर्नुपर्ने व्यवस्था लागू हुनेछ।
३) निर्वाचन सम्बन्धी थप जानकारी तथा आवश्यक समन्वयका लागि निर्वाचन समितीसँग सम्पर्क गर्न सकिनेछ भने सुचना कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको वेभसाइट https://kaskiicc.com/ र फेसबुक पेजमा हेर्न सकिनेछ, उमेदवारी संस्थाको इमेल मार्फत् पठाउनुपर्नेछ साथै कुनै परिस्थिति उत्पन्न भएमा निर्वाचन समितिले निर्वाचन कार्यतालिकामा आवश्यक परिमार्जन गर्न सक्नेछ।
निर्वाचन समितीः
संयोजकः श्री बिमल सुवेदी
सदस्यः श्री केदारनाथ ढुंगाना
सदस्यः श्री कुल प्रसाद गुरूङ
सदस्यः श्री कृष्ण प्रसाद तिमिल्सीना
सदस्यः श्री सम्मर बहादुर बुढाथोकी
भवदिय,
विमल सुवेदी (मो. 0097455199106)
संयोजक एवम् निर्वाचन समिती कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् पाँचौं महाधिवेशन ।


