News

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् - संक्षिप्त परिचय

“विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान”

Share:

“विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान”

कास्की जिल्लाको समग्र विकासमा योगदान पुर्‍याउने, विश्वभर छरिएर रहेका कस्केलीहरूबीच एकता, सद्भाव, भाइचारा र सहकार्य अभिवृद्धि गर्ने तथा जन्मभूमिप्रतिको सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने उद्देश्यले कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्, नेपाल को स्थापना ९ अक्टोबर २०१७ (वि.सं. २०७४ असोज २३) मा भएको हो। विश्वका विभिन्न देशमा रहेका कस्केलीहरूलाई साझा सञ्जालमा आबद्ध गर्दै उनीहरूको ज्ञान, सीप, अनुभव र स्रोतसाधनलाई कास्की जिल्लाको विकासमा उपयोग गर्ने लक्ष्यका साथ परिषद् निरन्तर क्रियाशील छ।

संस्थापक अध्यक्ष श्री पूर्ण तिमिल्सिनाको नेतृत्वमा स्थापना भएको परिषद्ले संस्थापक नेतृत्व तथा त्यसपछिका अध्यक्षहरू श्री गोविन्दप्रसाद पौडेल, श्रीमती सीतादेवी बाँस्तोला बराल र वर्तमान श्री शिव बहादुर वानियाको कार्यकालमा संस्थागत विस्तार र सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ। विभिन्न देशमा स्थापित कस्केली संघसंस्थाहरूसँग समन्वय र सहकार्य गर्दै परिषद्ले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सञ्जाल विस्तार गरेको छ। हाल २८ देशमा रहेका कस्केलीहरू आबद्ध रहेको परिषदमा २१ देशमा गठित २२ वटा राष्ट्रिय समितिहरूमार्फत कस्केली समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा मानवीय सेवाका कार्यहरू सञ्चालन भइरहेका छन्।

परिषद्ले विपद्, महामारी तथा विभिन्न सामाजिक समस्याबाट प्रभावित व्यक्ति र समुदायलाई सहयोग पुर्‍याउँदै आएको छ। कोरोना महामारीको कठिन समयमा सञ्चालन गरिएको “मातृभूमि बचाऔँ अभियान” अन्तर्गत करिब रु. ३१ लाख ४३ हजार ७७ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री कास्की जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिएको थियो। साथै, पोखरा महानगरपालिकासँगको समन्वयमा दैनिक ज्यालादारीमा निर्भर श्रमिक तथा सुत्केरी महिलाहरूलाई राहत र आवश्यक सामग्री वितरणमा सहयोग पुर्‍याइएको थियो।

मानव सेवा आश्रममा भोजन सेवा, न्यानो कपडा वितरण, बाढीपीडित तथा क्यान्सर र मिर्गौला रोगबाट प्रभावित व्यक्तिहरूलाई आर्थिक सहयोग, साथै कास्की आदर्श अक्षयकोष मार्फत शैक्षिक सामग्री वितरणजस्ता सामाजिक कार्यहरू परिषद्का महत्वपूर्ण योगदान हुन्। यी गतिविधिहरूले शिक्षा, स्वास्थ्य, मानवीय सेवा र सामाजिक सुरक्षाप्रतिको संस्थाको प्रतिबद्धता प्रतिबिम्बित गर्छन्।

परिषद्ले विश्वभर रहेका कस्केलीहरूबीच एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै कास्की जिल्लाको सामाजिक, शैक्षिक, स्वास्थ्य, पर्यटन तथा समग्र विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। यसै उद्देश्यअनुरूप करिब एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने महाअभियानसमेत अघि बढाइएको छ। तेसैगरि पोखरामा आफ्नै कार्यालयका लागि जग्गा खरिद सँगै भवन निर्माण उदेश्य राखी अन्तराष्ट्रिय विश्व सम्मेलन कार्यक्रम आयोजना गरेको छ।

एकता, सहकार्य, सेवा र समृद्धिको साझा संकल्पका साथ कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्, नेपाल जन्मभूमिको विकास र विश्वभरिका कस्केलीहरूको हितमा समर्पित छ।

संकलनः केदार कुँवर, महासचिव (चौथो कार्यसमिती २०२४/२०२६ कार्यकाल)

More news

View all

भोटेकोशी बाढिपिडित राहात संकलन अभियान मार्फत् संकलित रकम जम्मा गरिएको सम्बन्धमा ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् द्धारा भोटेकोशी बाढिपिडित राहात संकलन अभियान मार्फत् संकलित रकम जम्मा ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको हार्दिक अपिल

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको हार्दिक अपिल नेपालमा हाल उत्पन्न भएको दुःखद तथा चुनौतीपूर्ण परिस्थितिप्रति कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद गहिरो दुःख व्यक्त गर्दछ। यस कठिन...

दुवईमा पहिलो अन्तराष्ट्रिय कास्की विश्व सम्मेलन भव्यताका साथ सम्पन्न ।।

गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री श्री सुरेन्द्रराज पाण्डे ज्युको प्रमुख आतिथ्य, पोखरा महानगरपालिकाका महानगर प्रमुख श्री धनराज आचार्य ज्यु, नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्यु, नेपाली महावाणिज्यदुतावास दुवइ का महामहिम महावाणिज्यदुत श्री हरि प्रसाद ओडारी ज्यु को विशिष्ट अतिथिका रूपमा आतिथ्यता रहेको थियो ।